पुष्पलाल मध्यपहाडी लोकमार्गको बाग्लुङ बजारदेखी काठेखोलासम्मको सडकखण्ड वर्षाका कारण बिजोग भएको छ ।
दैनिक सयौँको संख्यामा ओहोरदोहोर गर्ने सवारी साधन तथा यात्रुहरुले त्यस सडकखण्डमा भोग्नु दुःख भोगीरहेका छन् ।
वर्षाका कारण हिलाम्य बनेको सडकमा गाडिहरु फसेर चालकहरुले हैरानी बेहोर्नु परेको छ भने, यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्यछन् ।
सडकको हालत यो अवस्थासम्म पुग्दापनि स्थानिय जनप्रतिनिधि र लोकमार्ग निर्माणमा संलग्न ठेकेदारको आँखा भने खुसिसकेको छैन् ।
लामो समयसम्म पनि पनि सडक निर्माणमा चासो नदिएको भन्दै यात्रुहरुले चर्को आलोचना गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार