नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले माधव नेपाल जस्तो शरम पचेको मान्छे संसारमा कहिपनि नदेखेको टिप्पणी गरेका छन् । काठमाण्डौमा आयोजित वृहद कार्यबर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
भर्खरमात्र नयाँपाटी गठन गरेका नेपाललाई लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘अस्ति सम्म जुनखाटमा बसिराखेका थिए त्यहि बञ्चरो हान्याहान्यै छ, जुन पिर्कामा बसेका थिए, त्यहि भाँच्याचाच्यै छन्, जुन मन्दीरमा पुजा गरेका थिए, त्यहीँ थुक्याथुक्यै छन्, के भाको ? पतन भएको भनेको त्यहि हो, सर्वनास’ । माधव नेपाल पार्टी जिवनकाल भरि एक्लै एकिकृत रहने भन्दै उनले व्यङ्ग्य समेत गरे ।
साथै ओलीले भर्खरमात्र पार्टी परित्याग गरेका उपाध्यक्ष बामदेव गौतमको पनि आलोचना गरे । उनले नाम त उल्लेख गरेनन्, तर लाक्षणिक रुपमा उपप्रधानमन्त्री माग्नलाई आफुलाई आरोप थुपरेर निवेदन हाल्ने प्रवृति बढेको उल्लेख गरे । एउटाको नजिक बन्नका लागि अर्कोलाई गाली गर्ने गरेको उनले टिप्पणी गरे ।




