गण्डकी प्रदेशमा थप १८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा ९३ महिला र ९५ पुरुष गरि १८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार सवैभन्दा धेरै कास्कीमा १३० जना, नवलपुरमा १८ जना, लमजुङ र स्याङ्जामा १३–१३ जना, तनहुँमा ७, म्याग्दीमा १५ र गोरखाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिका संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य छ ।
१ हजार २८ जनाको नमुना परिक्षण गरिएकामा १८८ जनामा संक्रमण पुष्टि भएको हो । विभिन्न जिल्लाका अस्पतालहरुमा उपचारमा रहेका ४५६ जना संक्रमण मुक्त भएका छन् । हाल २ हजार ६५२ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार