कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत ५ जना संक्रमितहरुको मृत्यु भएको हो ।
हाल २९२० जना सक्रिय संक्रमितहरु उपचार गराईरहेका छन् । पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
३४४ जना संक्रमणमुक्त भएका छन् ।




