कोरोना भाईरसको संक्रमणका कारण नेपालमा थप २६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका २६ जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा कास्कीका २, स्यांजाका २ र पर्वतका १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
यसअवधिमा ३०४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।




