कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका २७ जना संक्रमितहरुको मृत्यु भएको हो ।
यसअवधिमा थप ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल देशभर ३९ हजार ८७१ जना संक्रिय संक्रमितहरु रहेका छन् ।




