कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण प्रदेशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका ४ जना संक्रमितहरुको मृत्यु भएको हो ।
यसअवधिमा थप ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल गण्डकीमा ६ हजार २१ जना संक्रिय संक्रमितहरु रहेका छन् ।




