कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत १० जना संक्रमितहरुको मृत्यु भएको हो ।
विवरण अनुसार कास्कीका ६ जना, स्याङ्जाका २ जना, तनहुँ र नवलपुरका १–१ जना गरि १० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
यस अवधिमा ३६४ जना महिला र २९२ जना पुरुष गरि थप ६५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल गण्डकीमा ६ हजार बढि सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।




