दार्चुलाको व्यास नगरपालिका वडा नं.२ मा तुईन तर्ने क्रममा भारतिय एसएसबिले तुईन काटिदिएको घट्नाको छानविन गर्न चारवटा कम्युनिष्ट पार्टीहरुले माग गरेका छन् ।
मोहोन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तीकारी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषीराम कट्टेल नेतृत्वको नेकपा र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले सयुक्त विज्ञप्ती जारी गर्दै घट्नाका विषयमा विश्वासिलो छानविन गर्न माग गरेका छन् ।
३५ वर्षीय नेपाली युवा जयसिंह धामी वेपत्ता भएको सो घट्नालाई यि पार्टीहरुले अमानविय, आततायि र वर्वरतापुर्ण भनेका छन् । सो घट्ना नेपालको स्वाधिनता, नेपाली जनताको स्वनिर्णयको अधिकार विरुद्ध हेपाह र षडयन्त्रमुलक घट्ना भएकाले राष्ट्रिय मुक्ती र जनमुक्तीका पक्षधरहरुलाई डटेर प्रतिरोध गर्न आह्वान समेत गरिएको छ ।
घट्नाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथी कार्वाही गर्न ढिलाई गरे चारै दल सघर्षमा उत्रने उनिहरुले चेतावनी समेत दिएका छन् ।





