२७ औँ प्रकाश मानव अधिकार पुरस्कार सामाजिक अभियान्ता फिरुलाल चौधरीलाई प्रदान गरिने भएको छ ।
कैलालीको जानकी गाउँपालिकाका चौधरी शोषण, विपन्नता, विभेदमुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखी क्रियाशिल रहेका छन् ।
इन्सेकका महासचिव रुद्र बहादुर चर्मकारको संयोजकत्वमा गठित तीन सदस्यिय छनौट समितिले चौधरीलाई उक्त पुरस्कार प्रदान गर्ने सिफारिस गरेको थियो । उक्त सिफासिरलाई साउन ४ गते बसेको इन्सेक कायै समिति बैठले निर्णय गरेको थियो ।
स्व.प्रकाश काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाइ एयर दुर्घट्नामा निधन भएको थियो । काफ्लेको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले सो पुरस्कार स्थापना गरेको हो ।
यस पुरस्कारबाट हालसम्म २६ जना पुरस्कृत भैसकेका छन् । पुरस्कार साउन १६ गते सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टकाृ प्रमुख आतिथ्यतामा प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार