हालसम्म नेपालमा ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भएको नेपाल सरकारले जनाएको छ । भारतको अनुदान सहयोगमा १० लाख डोज, अतिरिक्त नेपाली सेनालाई १ लाख डोज, सेरम इस्न्टिच्युटबाट खरिद गरिएको १० लाख डोज, गाभी कोभ्याक्सबाट प्राप्त ३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप प्राप्त भएको छ ।
यस्तै चिनबाट अनुदानमा प्राप्त १८ लाख डोज, सिनोफार्म कम्पनिसंग गरिएको खरिद ४० लाख डोज गरि ५८ लाख डोज भेरोसेल खोप नेपाल आइसकेको छ । उता अमेरीकाबाट अनुदानमा १५ लाख ३४ हजार ८५० डोज जनसन एण्ड जनसनको खोप प्राप्त भएको सरकारले जनाएको छ ।
चिनको सिनोफार्म कम्पनिसंग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडी बढेको, कोभ्याक्स सुविधा अन्तरगत जापान सरकारको अनुदानमा १६ लाख डोज र भारतसंग खरिद गरिएको १० लाख डोज सहित असोज मसान्त भित्र १ करोड ८३ लाख ८२ लाख ८५० डोज खोप प्राप्त हुने सरकारले जनाएको छ ।
यस्तै कोभ्याक्सको लागत सहभागितामा खरिद गरि १ करोड ५० लाख र १२ वर्ष माथिका बालबालिकाहरुका लागि ६० लाख डोज फाइजर खोपका लागि सकारात्मक पहल भैरहेको जनाईएको छ । गाभी कोभ्याक्स अन्तरगत २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने १ करोड १३ लाख डोज खोप चैत्र मसान्तसम्म आउने सरकारले जनाएको छ ।
हालसम्म नेपालमा ३९ लाख बढिले पहिलो र ११ लाख बढिले दोस्रो मात्रा खोप लगाएका छन् । जनसन एण्ड जनसनको खोप भने ४ लाख ४२ हजार बढिले खोप लगाएका छन् ।




