पोखरामा नेपाल प्रतिबिम्ब पार्टीको घोषणा गरिएको छ । नारायण प्रसाद कोइरालाको संयोजकत्वमा उक्त पार्टीको पोखरामा एक कार्यक्रम गरि घोषणा गरिएको हो । पार्टीले सात वटा शिर्षकमा १९ बुँदे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको छ ।
संयोजक कोइरालाका अनुसार शिक्षा, कृषी तथा उद्योग, उर्जा तथा जलस्रोत, पर्यटन, आर्थिक योजना, स्वास्थ्य तथा सेवा सुविधा र राज्य व्यवस्था बारे आफ्ना धारणाहरु समेटेर प्रतिवद्धताद पत्र सार्वजनिक गरिएको हो ।
पार्टीको प्रतिवद्धतामा परम्परागत सिकाई प्रक्रियामा समयानुकुल सुधार, कृषीमा आधुनिकीकरण, विद्युत उत्पादनमा जोड, पर्यटन प्रवद्र्धन र विकासको दिर्घकासिलन योजना, वैदेशिक ऋणबारे जनमत संग्रह, जनताको अनिवार्य स्वास्थ्य बिमा लगायतका विषयवस्तुहरु समेटिएको छ ।
साथै पार्टीले संवैधानिक राजतन्त्रात्मक राज्य व्यवस्थाका लागि जनमत संग्रह गर्नुपर्ने र राजसंस्थाका बारे निर्णय भए हृदयन्द्र शाहलाई आलंकारिक राज्य प्रमुख बनाउनु पर्ने बताएको छ । तर, मुलुकमा जननिर्वाचित प्रधानमन्त्रीलाई कार्यकारिणी अधिकार अधिकार दिनु पर्ने उल्लेख गरिएको छ ।
उनले उत्साहका साथ आएको पार्टीका प्रतिवद्धताहरुलाई आत्मसाथ गर्दै पार्टीमा आवद्ध हुन उनले आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार