कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका विभिन्न अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचाररत ९ जना संक्रमितहरुको मृत्यु भएको हो ।
विवरण अनुसार पर्वतका सवैभन्दा धेरै ६ जनाको मृत्यु भएको छ । यस्तै तनहुँ, कास्की र बाग्लुङका १–१ जनाको मृत्यु भएको छ । यसैबिच पछिल्लो २४ घण्टामा महिला २०५ र पुरष २२२ जना गरि ४२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
हाल गण्डकीमा सक्रिय संक्रमितहरुको संख्या ४ हजार बढि पुगेको छ । विवरण अनुसार ४ हजार २३० जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार