कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचाररत १६ जना संक्रमितहरुको मृत्यु भएको हो ।
यसैबिच पछिल्लो २४ घण्टामा महिला ३३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल नेपालमा सक्रिय संक्रमितहरुको संख्या ३० हजार बढि पुगेको छ ।




