गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित दोभान भन्ने स्थानमा लु१ज४५६५ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको एसपी भट्टराईले जानकारी दिए । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको छ ।




