गण्डकीमा आज कोरोना भाइरसको संक्रमणका कारण भएको मृत्यु र संक्रमण दुवै बढेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।
विवरण अनुसार कास्कीका ५ जना, बाग्लुङ, स्याङ्जा र नवलपुरका १–१ जना गरि ८ जनाको मृत्यु भएको हो । यसअवधिमा ३६३ जना महिला र ३४७ जना पुरुष गरि ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
थप ३७४ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय सुंक्रमितको संख्या ३ हजार ४०९ पुगेको छ ।




