गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री, प्रमुख सचिव र सचिवलाई आवश्यक निर्देशन दिएका छन् ।
मुख्यमन्त्री पोखरेलले उनिहरुलाई आफ्नै कार्यालयमा बोलाएर आवश्यक निर्देशन दिएका हुन् । सो क्रमका उनले सरकारका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
गठबन्धन सरकारका मन्त्रीहरुलाई निर्देशन दिने सो कार्यक्रममा जनता समाजवादीको तर्फबाट मन्त्री बनेका हरिशरण आचार्य भने सहभागी थिएनन् । आचार्य गृहजिल्ला गोरखा गएका भन्ने बुझिएको छ ।




