नेपालमा हाल १३ लाख बढि मानिसहरुले कोरोना विरुद्धको खोपको पुरा मात्र लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका अहिलेसम्म कोभिसिल्ड, भेरोसेल र जनसन एण्ड जनसनको खोप अभियान चलिरहेको छ ।
विवरण अनुसार ४ लाख ६० हजार बढिले कोभिसिल्डको पुरा मात्रा लगाएका छन् भने १८ लाख २८ हजार बढिले खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै ६ लाख ९४ हजार बढिले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् भने १५ लाख ४८ हजार बढिले यसको पहिलो मात्रा लगाएका छन् ।
यस्तै पछिल्लो पटक अमेरीकाको अनुदान सहयोगमा प्राप्त जनसन एण्ड जनसनको खोप भने २ लाख ११ हजार बढिलाई लगाईएको छ । यो खोप एक डोज लगाए पुग्ने अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार