कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ३० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पताल तथा उपाचार केन्द्रहरुमा उपचाररत संक्रमितहरु मध्ये ३० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
यसअवधिमा थप २ हजार ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ४७५ जना संक्रमण मुक्त भएका छन् ।
हाल ६२७ जनाको आई.सी.यु र १७१ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार