घरेलु मदिरा खाँदा बाग्लुङमा चार जनाको मृत्यु भएको छ । बाग्लुङको गल्कोट नगरपालिका वडा नं.७ मल्म खानेपानीका काम गर्ने ४ जनाको घरेलु मदिरा सेवनबाट मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृती गाउँपालिका ५ गजुलका दिपेन्द्र पुनमगर, दुध बहादुर राना, रेख बहादुर राना र प्रविन घर्ति रहेका छन् । खेमराज घर्ती र रबिन्द्र पुनलाई थप उपचारको लागि पोखरा ल्याईएको छ ।
उनिहरुको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा मृत्यु भएको हो । उनिहरुले स्थानीय एक किराना पसलमा घरेलु मदिरा, चाउचाउ, दालमोठ, बिस्कुट खाएका थिए ।




