कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत थप ७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
यसअवधिमा ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै २६९ जना संक्रमण मुक्त भएका छन् । हाल ३ हजार ३० जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।
हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ९ हजार ६०७ जनाको मृत्यु भएको छ ।




