कोरोना भाइरसको संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत ३२ जना संक्रमितहरुको मृत्यु भएको हो ।
यसअवधिका थप २ हजार ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार २५८ जना संक्रमण मुक्त भएका छन् । हाल ५६४ जनाको आई.सी.यु र १५५ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार