नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । प्रतिनिधिसभा पुनस्र्थापना पछि पहिलो पटक दलको बैठक बस्न लागेको हो । आज प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
सर्वोच्च अदातलको आदेशअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ साउनमा प्रतिनिधिसभा बैठक आह्वान गरेकीछिन् । यसअघि प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको कांग्रेस अब सत्तारुढ दलका रुपमा संसदमा भूमिका निर्वाह गर्नेछ ।
सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिए अनुसार देउवा प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।




