पोखरा महानगरपालिकामा आज संचालन गर्ने भनिएको खोप अभियान स्थगित भएको छ । अधिकारीहरुका अनुसार खोप अभावका कारण अभियान स्थगित गरिएको हो ।
सामाजिक संजालहरुमा गरिएका टिप्पणीहरुमा चिनबाट खोप आउन ढिलाई भएका कारण अभियान स्थगित गर्नुपरेको जनाईएको छ । आज संचारकर्मी, सार्वजनिक यातायातका चालक तथा सहचालक, शिक्षक कर्मचारी लगायतलाई खोप लगाउने कार्यक्रम रहेको थियो ।
अन्तिम समयमा आएर हिजो अवेर मात्र खोप अभियान स्थगित गरिएको सुचनाहरु सार्वजनिक भएका थिए । जोनसन एण्ड जोनसनको खोप भने केही प्राविधिक कारणले संचालन गरिएको छैन् । हिजो देखी नै लगाउने तय गरिएको उक्त खोप बाटैबाट फर्काइउको थियो ।
यसबिचमा खोपमा अनियमितता भएका सुचनाहरु समेत सार्वजनिक भएका छन् । पहुँचवाल, आसेपासे र आफन्तहरुलाई खोप लगाईएको आरोपहरु लाग्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार