नेकपा एमालेको संसदीय दल बैठक आज बस्दैछ । बैठक दलका नेता केपी शर्मा ओलीको नर्देशनमा दिउँसो ३ बजे बस्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार बैठकमा उपस्थित हुन वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सांसदलाई पनि सूचना पठाइएको छ ।
एमाले विवाद समाधानका लागि गठित १० सदस्सीय कार्यदलले आइतबार एकताका लागि १० बुँदे सहमति गरेपनि अहिलेसम्म स्थायी र केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन् । आफ्नै पार्टीका २३ सांसदको निर्णायक भूमिकाले ओली सत्ताच्यूत भएका छन् ।
बालुवाटार छोड्नु अघि ओली नेपाललाई गद्दार भनि आलोचना गरेका थिए ।
https://googlepokhara.com/samsad-meeting/




