हृदयघात भएका पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । जिसिलाई लिएर पोखराबाट हेलिकोप्टर काठमाण्डौका लागि उडेको हो ।
बिहानै १० बजे लैजाने भनिएपनि मौषमको खराबीका कारण हेलिकोप्टर उडानमा ढिलाई भएको हो । मेयर जिसीको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनलाई बिहानै हृदयघात भएको थियो ।
हृदयघातका कारण नसामा समस्या देखिएको र शरिरको एक भागमा असर परेकाले थप उपचारका लागि बाँसबारी स्थित न्युरो अस्पताल लगिएको हो । जिसी बोलचाल गर्न सक्ने अवस्थामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार