पोखराका खोपकेन्द्रहरुमा भद्रगोल देखिएको छ । चुस्त व्यवस्थापनको अभावमा ति खोप केन्द्रहरु भद्रगोल बनेका हुन् । कतिपय खोप केन्द्रहरुमा तोकिएका मापदण्ड बाहिरका मानिसहरुलाई समेत पहुँचका भरमा खोप दिएको गुनासाहरु आएका छन् ।
पोखरा महनगरपालिकाका विभिन्न वडा कार्यालय र त्यहाँका जनप्रतिनिधिहरुको रोहवरमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत खोप दिएइको छ । खोपका लागि निश्चित वर्ग र लक्षित समुहहरु तोकिएका छन् । तर, ति मापदण्ड विपरित खोपमा अनियमितता गरिएको सुचना अभियान्ताहरुले गुनासो गरेका छन् ।
हिजो मात्रै पोखरा महानगरपालिका वडा नं. ६ मा खोपको मात्रा हराएका समाचारहरु आएका थिए । ६ सय डोज खोपमा दर्ता किताबको रेकर्डमा ति सवै खोपको मात्रा नभेटिएको गुनासो गरिएको थियो । खोपको मात्राका विषयमा सत्यता के हो भन्ने विषयमा स्थानिय जनप्रतिनिहरु बोलेका छैनन् ।
यस्तो समस्याहरु हरेक खोपकेन्द्रहरुमा देखिएको छ ।





