कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ४३ जनाको मत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचाररत ४३ जना संक्रमितहरुको पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।
यसअवधिमा थप २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ७७५ जना संक्रमण मुक्त भएका छन् । हालसम्म ९ हजार ५०६ जनाको कोरोना भाइरसको संक्रमणमा कारण मृत्यु भएको छ ।




