विपक्षी गठबन्धनका नेता शेर बहादुर देउवा अदालतको परमादेश बमोजिम प्रधानमन्त्री नियुक्त भएका छन् ।
मंगलबार ५ बजे भित्र देउवालाई प्रधानमन्त्री घोषणा गर्न अदालतले दिएको आदेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
नवनियुक्त प्रधानमन्त्री देउवाले आजै साँझ ६ बजे पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् ।




