प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा र अदालतको परमादेश शेर बहादुर देउवाको पक्षमा गएको टिप्पणी गरेका छन् ।
राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । आफ्नो कार्यकालमा आफुले देश र जनताका निम्ति गम्भिरताका साथ काम गरेको दावी गरे । जिम्मेवारीमा रहुन्जेल आफुले थुप्रै घेराबन्दि र षडयन्त्रहरुको सिकार हुन परेको गुनासो गरे ।
आफुले बाहिर र भित्र दुवैबाट यस्तो प्रकारका हर्कतहरुको सामाना गर्नु परेको उनले सुनाए । आफुले संघियताको संस्थागत विकास गरेको दावी गरे । पृथकतावादी समुहहरुलाई शान्तिपुर्ण राष्ट्रिय राजनीतिको मुलधारमा ल्याएको उनले दावी गरे ।
ओलीले मुलुकको संविधानलाई सर्वस्विकार्य बनाईएको दावी समेत गरे ।




