कोरोना भाइरसको संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत संक्रमितहरु मध्ये पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको हो ।
यसबिचमा गरिए नमुना परिक्षणमा थप २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने, २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् । हाल ५८६ जनाको आइ.सी.यु र १८२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
विवरण अनुसार कोरोना भाइरसको संक्रमणका कारण नेपालमा ९ हजार ४१२ जनाको मृत्यु भएको छ ।




