सरकारले मंगलबारदेखि बागमती, गण्डकी र लुम्बिनीमा कोभिड १९ विरुद्धको भेरोसेल खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णय बमोजिम नै यि प्रदेशमा मंगलबारदेखि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद सम्झौता भएको मध्ये ८ लाख खोप शुक्रबार काठमाडौं आएसँगै सरकारले खोप अभिायन सञ्चालन गर्न लागेको हो । सरकारले ४० लाख खोप खरिदका लागि सिनोफार्मसँग नन किस्क्लोजेबल एग्रिमेन्ट’ गरेको थियो । साउन ८ गतेसम्म थप दुई उडान मार्फत बाँकी खोप ल्याउने सरकारको योजना छ ।
लुम्बिनी प्रदेशका लागि १ लाख १४ हजार र गण्डकी प्रदेशका लागि १ लाख १२ हजार खोप प्रदेशमा पठाईएको सरकारले जनाएको छ । यसैगरी बागमती प्रदेशको मकवानपुर, सिन्धु ।ली र चितवनका लागि ८२ हजार डोज खोप हेटौंडा पठाइएको छ ।
सरकारले यसपटक भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथिका उमेर समूहका खोप लगाउन बाँकी रहेका नागरिकलाई दिइने बताएको छ । विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार