प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले मुलुकमा विधिको शासनको प्रत्याभुति गराएको नेपाल बार एशोसियसका केन्द्रिय उपाध्यक्ष एंव वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले प्रतिक्रिया दिएका छन् ।
गुगलपोखरासंगको कुराकानीमा उनले यस्तो बताएका हुन् । पटकपटक नागरिकको अपेक्षा माथि भैरहेको राजनीतिक वेइमानीलाई अदालतले खारेज गरिदिएको उनले बताए । उपाध्यक्ष थापामगरले नेपालको राजनीतिले भोगिरहेको गलत नियतको सच्चाईमा अदालतले न्यायिक निर्णय गरेको बताए ।
संवैधानिक व्यवस्थाहरुको गलत प्रयोग र राजनीतिक प्रतिसोधको फाईदा लिन पल्केकाहरुलाई अदालतको फैसलाले गतिलो झापड दिएको उनले बताए । सामान्य राजनीतिक संस्कारको समेत ज्ञान नभएका नेतृत्वका कारण नेपाल र नेपाली जनताले पटक पटक झमेला भोग्नु परेको तितो यथार्थ पनि उनले सुनाए ।
संविधानका प्रावधानहरुको कार्यान्वयनका दृष्टिमा सवैसमान हुन र हुन्छन्, भन्ने मान्यता स्थापित भएको अधिवक्ता थापामगरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार