प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेसको विज्ञप्तिमा भनिएको छ, “यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ भने स्वतन्त्र न्यायपालिका प्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ ।”
कांग्रेसले देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न फैसलाले अझ जिम्मेवार बनाएको बताएको छ । उसले कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार