यसवर्षको श्रीपति समाजसेवा पुरस्कार २०७८ राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौलाई प्रदान गरिने भएको छ ।
श्रीपति कोइराला गुठी पोखरा ९ साँघुकोमुखद्धारा जारि विज्ञप्ति अनुसार २ लाख २२ हजार २२२ रुपैयाँ राशिको समाजसेवा पुरस्कार महाविर पुनद्धारा संचालित आविष्कार केन्द्रलाई प्रदान गरिने भएको हो । नगद सहित श्रीपति समाजसेवा पदक २०७८ र ताम्रपत्र प्रदान गरिनेछ ।
विज्ञान र प्रविधिको विकास मार्फत देश र जनाताको सेवा गर्ने एंव वर्तमान कोरोना महामारीका समयमा विषेश सेवा र सहयोग पुर्याए वापत केन्द्रलाई पुरस्कृत गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले जनाकारी दिए ।
श्रीपति कोइरालाको जयन्ति असार २७ गते प्रदान गरिने यो पुरस्कार कोरोना महामारीका कारण यसवर्ष भने गुठीको २९ औ वार्षिक साधारणसभाको अवसरमा प्रदान गरिने भएको छ । श्रीपति विद्या पदक र शैक्षिक छात्रवृत्ति कार्यक्रम पनि सोही अवसरमा गरिनेछ ।
स्वर्गीय कोइराला ज्योतिषशास्त्र, धर्मशास्त्र, आयुर्वेद, तन्त्रविद्या र षड्शास्त्रमा विज्ञता हाषिल गरेका एक शैक्षिक अभियान्ता थिए । पोखरेली शिक्षाको विकासमा उनको विषेश योगदान रहेको बताईन्छ ।




