कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत ७ जना संक्रमितहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
विवरण अनुसार कास्की र बाग्लुङ्का २–२ जना, म्याग्दी, तनहुँ र स्याङ्जाका १–१ जना गरि गण्डकीमा आज ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको हो । यसैबिच गण्डकीमा आज १७९ महिला र २३१ जना पुरुष गरि ४१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
हालसम्म गण्डकीमा कोरोना भाइरस संक्रमितको कुलसंख्या ५९ हजार १६४ जना पुगको छ भने, १ हजार १ जनाको मृत्यु भएको छ । आज ३ सय जना संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार