गण्डकी प्रदेशमा पाँच जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नेयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएका पाँच वटै नमुनामा कोरोनाको डेल्टा (B.1.617.2) भेरियन्ट पुष्टि भएको हो ।
नयाँ भेरियन्ट पुष्टि हुनेहरुमा स्याङ्जाका २ जना पुरुष र गोरखाका ३ जना महिला रहेका छन् । उनिहरु स्याङ्जाको कालिगण्डकी गाउँपालिका र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका रहेका जनाईएको छ ।
गण्डकीमा यो भेरियन्ट पहिलो पटक देखिएको हो । यो तुलनात्मक रुपमा अल्फा भेरियन्ट भन्दा बढि संक्रामक रहेकाले थप सर्तकता अपनाउन आग्रह गरिएको छ ।





