गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नयाँ सरकार भ्रष्टाचारको अभियानबाट सुरु भएको टिप्पणी गरेका छन् । एमाले प्रदेश संसदिय दलको कार्यालय नदिपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
“गैर बजेटको खर्च गर्नु भनेको भ्रष्टाचारको पहिलो सुरुवात हो, उनले भने उहाँले भ्रष्टाचारको सुरुवात गरिसक्नु भएको छ, अस्ति भर्खर आएको सरकारले पालिकाहरुलाई नदिई आफ्ना जिल्लाका सभापतिहरुलाई बोलाएर, करोडौ रपैयाँ कार्याकर्ताहरुलाई बाँड्नु भ्रष्टाचार बाहेक के हुनसक्छ ।” गुरुङले यो भ्रष्टाचारको मुद्धा हुने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए ।
तर, आफुहरुले भने विधि प्रक्रिया र योजनामा रहेर मात्र काम गरेको उनले दावी गरे । दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेताहरु पोखररेल नेतृत्वको वर्तमान सरकारको चर्को आलोचना गरेका छन ।




