कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका विभिन्न अस्पताल तथा उपचारकेन्द्रहरुमा उपचाररत ६ जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
विवरण अनुसार कास्कीका २ जना, लमजुङ्का २ जना, बाग्लुङका १ जना र तनहुँका १ जना गरि कोरोना भाइरसको संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा हालसम्म ९९४ जनाको ज्यान गएको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा १२५ जना संक्रमित थपिएका छन् । ६५ जना महिला र ६० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । हाल २ हजार ७८८ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।




