कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा उपचार गराइरहेका थप ७ जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
विवरण अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कास्कीका ३ जना, बाग्लुङ्का ३ जना, र तनहुँका १ जनाको ज्यान गएको छ । उनिहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चरक मेमोरियल, मणिपाल शिक्षण अस्पताल र धौलागिर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ९८८ जनाको ज्यान गएको छ । थप २८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनिहरु मध्ये १२४ जना महिला र १५७ जना पुरुष रहेका छन् ।




