सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ट्रिपर दुर्घट्ना हुदाँ चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बिहिबार बिहान ६ बजे पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ५ चरचरेस्थित राजमार्गमा चुनढुंगा लोड गरि बुटवल तर्फ जाने क्रममा दुर्घट्ना भइ चालक पाल्पाको पुर्वखोला गाउँपालिका वडा नं. ५ बिस्कोटका २६ वर्षीय सुदिप गैरेको मृत्यु भएको हो ।
लु२ख८२० नं.को ट्रिपर सिद्धार्थ राजमार्गबाट अन्दाजी ३०० मिटर तल खोलमा खसेको छ । चालक गैरेको जिवितै उद्धार गरि उपचारका लागि लुम्बिनी मेडिकल कलेज पुर्याईएको चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार