कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोना संक्रमण भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ११ की ८४ वर्षीय एक महिलाको मृत्यु भएको हो ।
यससंगै कोरोना संक्रमणका कारण गण्डकीमा ९५९ जनाको मृत्यु भएको छ । यसैबिच पछिल्ल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २७७ जना निको भएका छन् । हाल ३१३७ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।




