कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तनहुँको व्यास नगरपालिका वडा नं.१२ का ५० वर्षीय पुरुष र पोखराको चरक मेमोरियलमा उपचाररत तनहुँ कै शुक्ला गण्डकी नगरपालिका वडा नं. ६ का ६८ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५८ पुगेको छ । यसैबिच आज ३७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११६ जना निको भएका छन् । देशभर भने ३४ जना संक्रमतिहरुले उपचारका क्रममा ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार