स्याङ्जाको विरुवा गाउँपालिका वडा नं. ७ का २६ वर्षीय याम बहादुर गुरुङको माछा मार्ने क्रममा खोलामा डुबेर ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं. १७ र २१ को सिमाना भएर बग्ने फुर्से खोलामा माछा मार्ने क्रममा डुब्दा गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले जनाकारी दिए ।
उनको शव डुबेको स्थानबाट करिब ५०० सय मिटर तल ढुंगाको खोचमा अड्किएको अवस्थामा फेला परेको हो । गुरुङ्को शवलाई वडा प्रहरी कार्यालय बैदाम र प्रदेश प्रहरी कार्यालयको उद्धार टोलीले निकालेको हो ।
खोलाको डिलमा बसेर माछा मार्ने क्रममा माछा देखेपछि गुरुङले हाम फालेका उनिसंगै खोलामा गएका साथीहरुले बताए । उनलाई राम्रोसंग पौडी खेल्न पनि नआउने भएकाले डुबेको उनिहरुको भनाई छ ।
फुर्सेखोलाको बहाव निरन्तरको वर्षाका कारण बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार