कास्कीमा क्रियाशिल विद्यार्थी संगठनहरुले भोली ओली सरकारका विरुद्ध प्रर्दशन गर्ने भएका छन् । विद्यार्थी नेताहरुका अनुसार भोली बेलुकी ५ बजे पोखराको चिप्लेढुंगामा पुत्लादहन सहितको कार्यक्रम आयोजना गरिएको छ ।
उनिहरुले असंवैधानिक संसद विगठन खारेज गर्नुपर्ने, जनतालाई तत्काल कोरोना बिरुद्धको खोप तत्काल उपलब्ध गराउनु पर्ने, लकडाउन अवधि भर विभिन्न शैक्षिक संस्थाले विभिन्न वहानामा लिएको शैक्षिक शुल्क फिर्ता गर्नुपर्ने, जातिय विभेद अन्त्य गर्नुपर्ने लगायतका मागहरु अगाडी सारेका छन् ।
सो कार्यक्रममा सहभागीताका लागि उनिहरुले आह्वान समेत गरेका छन् ।




