नेपाल सरकारले कोभिड १९ का संक्रमितहरुको उपचारका लागि उपलब्ध गराउदै आएको सहायता अव सरकारी अपतालहरुबाट मात्र प्राप्त हुनेभएको छ ।
यसअघि निजि मेडिकल कलेजहरुसंग गरिएको सम्झौता उपचाररत बिरामीहरुको हकमा असार २४ गते सम्म क्रियाशिल रहने भएपनि त्यसपछि भने सरकारी अस्पतालहरुबाट मात्र उपलब्ध गराईने सरकारले जनाएको छ ।
मुलुकका विभिन्न निजि मेडिकल कलेजहरुसंग संक्रमितहरुको हकमा अधिकतम १५ हजार रुपैयाँ दैनिक उपलब्ध गराउने सम्झौता सरकारले गरेको थियो ।




