कास्कीमा जारी लकडाउन १० दिन थप गरिएको छ । आज बसेको डिडीएमसीको बैठकले जारी लकडाउनलाई तुलनात्मक रुपमा खुकुलो बनाउदै १० दिन थप गरेको हो ।
अव कास्कीमा असार २५ गतेसम्म लकडाउन जारी रहने छ । लकडाउनका समयमा सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणालीमा चल्ने छन् भने होटल रेष्टुरा बाहेकका पसल पूर्बान्ह ११ बजे देखि साँझ ६ बजेसम्म खोल्न दिईने छ ।
अनलाइन तथा र होम डेलिभरि सेवा भने साँझ ७ बजेसम्म संचालन गर्न पाईनेछ ।




