कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका सवैभन्दा धेरै ३ जनाको मृत्यु भएको छ ।
विवरण अनुसार कास्कीका ३ जना, बाग्लुङ्का २ जना र स्याङ्जाका १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । यसैबिच आज गण्डकीमा २३४ जना महिला र २४६ जना पुरुष गरि ४८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।




