पोखरा महानगरपालिकाको ५० औँ कार्यापालिका बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित ११ वडा अध्यक्षहरुले हस्ताक्षर नगरेको बताएका छन् । कार्यपालिका बैठकको निर्णय सम्बन्धमा उठाईएको उपस्थिती पुस्तिकामा आफुहरु ११ जना अध्यक्षले हस्ताक्षर नगरेको पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शंकरप्रसाद बास्तोलाले बताए ।
आफुहरुले विगतमा हतारमा हस्ताक्षर गर्दा निकै अप्ठ्यरोमा परेको भन्दै महानगरका प्रमुखको आगामी गतिविधि हेरेर मात्र सो बारे निर्णय लिईने उनले बताए । विगतमा भएका निर्णय प्रक्रियाहरुमा आफुहरुलाई जवरजस्त पेलेर अगाडी बढिएको स्पष्ट पारे ।
पोखरा महानगरपालिका नवौँ नगरसभाको तयारीमा जुटेको छ । नगरसभाको बुधबार नेपाल सरकारका गृहमन्त्री खगराज अधिकारीले उद्धघाटन गर्ने कार्यक्रम तय गरिएको छ ।




