पोखरा महानगरपालिका र फेवा सिल्टेसन प्रा.लि बिचको सम्झौताका विषयमा आवश्यक संसोधनका लागि महानगरका प्रमुख प्रशासकिय अधिकृत महेश बरालको संयोजकत्वमा समिति निर्माण गरिएको जनाईएको छ ।
पोखरा सभागृहमा सम्पन्न महानगरपालिकाको ५० औँ कार्यपालिकाको बैठकले स्थानियहरको माग सम्बोधनका लागि उक्त समिति गठन गरेको प्रवक्ता समेत रहेका पोखरा–५ का वडाअध्यक्ष धन बहादुर नेपालीले जनाकारी दिए ।
सो समितिमा स्थानिय वडाका जनप्रतिनिधि सहित सम्झौताको विपक्षमा रहेका केही अगुवाहरु समेत रहने व्यवस्था गरिएको उनले बताए । फेवा सिल्टेसन प्रा.लिसंग पोखरा महानगरले गरेको सम्झौता अवधि र त्यसको उत्खनन क्षेत्रका विषयमा स्थानियहरुले विरोध जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार